सुदूर नेपाललाई विश्वसँग जोड्दै

आर–आरमा एकीकृत समाजवादीका विद्यार्थीको खुकुरी आतंक

२०७९ फाल्गुन २७, ०४:५३ खबर संवाददाता

काठमाडौंः आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको उम्मेदवारी दर्ता शनिबार चल्दैछ।

तर धेरै ठाउँमा विभिन्न घटनाहरु समेत भइरहेका छन्। यसैबीच रत्नराज्य लक्ष्मी क्याम्पसमा नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरुले खुकुरी आतंक मच्चाएका छन्। मतदाता नामावलीमा आफ्ना ४७ जना विद्यार्थीको नाम नआएको भन्दै उनीहरुले निर्वाचन अधिकृतको कार्यकक्षभित्रै खुकुरी देखाउँदै धम्की दिएका थिए।

समाजवादीको अनेरास्ववियूका नेता मनोज चन्द लगायतले खुकुरी देखाउँदै आफ्ना विद्यार्थीको नामावली ननिकालिएको भन्दै धम्की दिएका हुन्। त्यसपछि उनीहरुलाई प्रहरी बोलाएर नियन्त्रणमा लिइएको छ। निर्वाचन अधिकृतका रुपमा विनोदकुमार योञ्जन रहेका छन्। उनी आरआर क्याम्पसका पूर्व स्ववियू सभापतिसमेत हुन्।

एसका विद्यार्थी नेताहरुले खुकुरीसहित निर्वाचन अधिकृतको कार्यकक्षमा पुगेर योञ्जनलाई धम्क्याएका हुन्।

कमेन्ट लोड गर्नुस