सुदूर नेपाललाई विश्वसँग जोड्दै

उपराष्ट्रपतिका लागि सत्ता गठबन्धनभित्र दुई धार

२०७९ फाल्गुन २७, ०५:४५ खबर संवाददाता

काठमाडौँः उपराष्ट्रपतिमा महिला वा पुरुष कसलाई बनाउने कुरा नमिल्दा सत्ता गठबन्धन विभाजित बनेको छ।

सत्ता गठबन्धनका १० दलमध्ये जसपा, कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीले जसपाका उम्मेदवार रामसहाय यादवलाई समर्थन गरेका छन् भने लोसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले लोसपाका उम्मेदवार ममता झालाई समर्थन गरेका छन्।

तर १० दलमध्येको नेपाल समाजवादी पार्टी र आम आदमी पार्टी कसैको समर्थक र प्रस्तावकमा बसेका छैनन्। यद्यपि यी दुई दलले पनि कांग्रेस र माओवादी केन्द्रले समर्थन गर्ने दललाई नै गर्ने स्रोतले दाबी गरेको छ। 
 

कमेन्ट लोड गर्नुस