अत्तरियामा एमालेको मिसन ‘ग्रासरुट’, अन्तर्घात गर्नेलाई किन कारवाही भएन?
धनगढीः कैलालीको अत्तरियामा नेकपा एमालले मिसन ‘ग्रासरुट’ कार्यक्रम अन्तरगत पार्टी सुदृढीकरण तथा विस्तार अभियान कार्यक्रम आयोजना गरेको छ। गोदावरी नगरपालिका– १ द्धारा आयोजित सो कार्यक्रममा पार्टी सुदृढीकरण तथा विस्तार अभियानका बिषयमा छलफल भएको छ। वडा कमिटीका अध्यक्ष गणेश महराको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा (एमाले) का केन्द्रिय सदस्य एवम् अभियानको लागी पार्टी केन्द्रले खटाएका प्रतिनिधि लालबहादुर थापा रहेका थिए।
कार्यक्रममा सुदुरपश्चिमका अध्यक्ष दामोदर भन्डारी, प्रदेश कमिटी सदस्य हेमन्त पौडेल, जिल्ला कमिटी सह–सचिब लोकेन्द्र शाही, गोदावरी नगरकमिटीका अध्यक्ष गोकर्ण भट्ट लगाएको सहभागीता थियो। कार्यक्रममा सहभागी स्थानिय नेता कार्यकर्ताहरुले पार्टीलाई सुधृढीकरण गर्न केन्द्रिय नेताहरुमा नै सुधार आउनुपर्नेमा जोड दिएका थिए।
स्थानीय, प्रदेश र संघको निर्वाचनमा पार्टीभित्र अन्तरघात गर्नेलाई कुनै कारवाही नभएको भन्दै नेताहरुप्रति आक्रोस पोखेका थिए। वडा नम्बर एक एमाले सचिव लेखराज भट्टको गृह वडा पनि हो। २०७४ मा वडा नम्बर १ बाट स्थानीय चुनाबमा तत्कालीन माओवादी हाल एमालेका जिल्ला कमिटी सदस्य शर्मानन्द भट्ट बिजयी भएका थिए। तर २०७९ को स्थानीय निर्बाचनमा भने नेपाली कांग्रेसका गोपालदत्त भट्ट वडा अध्यक्षमा बिजयी भएका थिए।
नेकपा एमाले गोदावरी नगरकमिटीका अध्यक्ष गोकर्ण भट्टले पार्टीलाई एकता बनाएर लैजान मुल नेतृत्व नै पहल गर्नुपर्ने बताए। ‘समस्या कहाँ कहाँ छन् पहिचान गरौ सुधार गर्नुपर्ने केके हो समिक्षासहित आत्मसमिक्षा गरौ। तर पार्टीभित्र बसेर गद्दारी गर्ने छुट कसैलाई पनि छैन।’
एमाले जनताको रोजाइमा पहिलो पार्टी हुँदाहुँदै पनि गोदावरीमा किन हार व्यहोर्नु प¥यो? त्यसको लेखाजोखा गर्नुपर्दैन नेताहरुले यो वा त्यो बाहानामा आ–आफ्ना मान्छे च्यापन खोज्दा समस्या आएको छ। उनले एमालेभित्र पूर्वमाओबादी समुह भनेर लखेटन खोज्ने प्रवृत्ति अझै रहेकाले त्यसमा सुधार आउनु जरुरी छ। यस्तो प्रवृत्तिलाई स्वीकार गर्न सकिदैन उनले भने।