सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

२०७९ चैत्र १८, ११:३० खबर संवाददाता

काठमाडौं: उप–चुनावको उम्मेदवार टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक साढे १२ बजे  पार्टी मूख्य कार्यालय  च्यासलमा बस्ने उपमहासचिव विष्णु रिमालले जानकारी दिए।

चितवन– २ मा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र तनहुँ –१ मा पूर्व आईजीपी सर्वेन्द्र खनालको नाम लगभग टुंगिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार उनको सचिवालय बैठकबाट टुंगो लाग्नेछ। बारा – १ बाट को उठाउने भनेर पनि बैठकमा टुंगो लगाउने जनाइएको छ।  बैशाख १० गते उप–चुनाव हुँदैछ।

कमेन्ट लोड गर्नुस