सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेसको संगठन सुदृढीकरणको अभियान बैतडीका दश वटै पालिकामा

२०७९ चैत्र २५, ०४:३८ खबर संवाददाता

बैतडीः  बैतडीमा नेपाली कांग्रेसले संगठन सुदृढीकरण अभियान शुरु गरेको छ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशकार्य समितिको कार्यक्रम अनुसार संगठन सुदृढीकरण अभियान शुरु गरिएको नेपाली कांग्रेस बैतडीका उपसभापति बीरबहादुर बिष्टले बताए। जिल्लाका १० वटै स्थानीय तहमा संगठन सुदृढीकरण अभियान कार्यक्रम सञ्चालन गरिने छ।

अभियान अन्तर्गत पार्टीको आन्तरिक जीवनलाई सुदृढ बनाउने,पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टीका पदाधिकारीबीच छलफल र पालिकाहरुमा सञ्चालन भइरहेका विकास निर्माणका कामका बिषयमा छलफल हुने गरेको उपसभापति बिष्टले बताए। शनिबार अभियान अन्तर्गत सुर्नया गाउँपालिका ५ मा छलफल तथा अन्तरक्रिया सम्पन्न गरिएको छ।

उक्त अभियानमा पार्टीका सुदूरपश्चिम प्रदेश समिति सदस्य जनकबहादुर बिष्ट, पार्टीका उपसभापति खगेन्द्रसिंह धामी, बैतडी प्रदेश सभा क्षेत्र न १ का सभापति विष्णुदत्त भट्ट, सुर्नयाका ८ ओटै वडाका कांग्रेसका पदाधिकारी र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

कमेन्ट लोड गर्नुस