सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टमाथि बजेटमा कमिसन उठाएको आरोप

२०८३ असोज २६, ०२:०५ खबर संवाददाता

धनगढी :सुदूरपश्चिम प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै सत्तारूढ नेकपाका प्रदेश कमिटी सदस्य गोविन्द बोहराले सदस्य परित्यागको घोषणा गरेका छन्। उनले मुख्यमन्त्री खगराज भट्टमाथि कमिसनको प्रवृत्तिलाई प्रश्रय दिएको आरोप लगाउँदै आफू अब नेकपा प्रदेश कमिटीको सदस्य नरहने घोषणा गरेका हुन्।

डडेल्धुराको परशुराम नगरपालिका–८ का पूर्ववडाध्यक्षसमेत रहेका बोहराले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रदेश कमिटी सदस्यता परित्याग गरेको घोषणा गरेका छन्।
उनले फेसबुकमा मुख्यमन्त्री भट्टलाई लक्षित गर्दै ‘खगराज भट्ट, यस्ता कमिसनखोर पार्टीमा रहुन्जेलसम्म हामी नेकपाको सदस्य हुन सक्दैनौँ १ प्रदेश कमिटी सदस्यता परित्याग १’ लेखेका छन्।
बोहराले अर्को पोस्टमार्फत पनि मुख्यमन्त्रीलाई लक्षित गर्दै बजेट विनियोजनप्रति असन्तुष्टि व्यक्त गरेका छन्। 

उनले कमिसनको आरोप लगाउँदै बजेट जनताको आवश्यकताभन्दा पनि गलत प्रवृत्तिलाई प्रश्रय दिने खालको भएको आशय व्यक्त गरेका छन्। प्रदेश सरकारले आइतबार चालु आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गरेसँगै सत्तारूढ दलका नेता तथा कार्यकर्तामाझ असन्तुष्टि देखिन थालेको छ।

कमेन्ट लोड गर्नुस