सुदूर नेपाललाई विश्वसँग जोड्दै

रास्वपाका सांसद श्रेष्ठले दुई करोड मागेको अडियो सार्वजनिक भएपछि पार्टीबाट निलम्बित, 

२०७९ चैत्र २६, ०३:४८ खबर संवाददाता

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित भएका छन्।

पार्टी सभापति रवि लामिछानेको नाम लिँदै घुस मागेको अडिओ सार्वजनिक भएपछि पार्टीले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो। श्रेष्ठलाई सुरुमा एक साता निलम्बन गर्ने अनि पार्टीको अनुशासन समितिले छानबिन गरि प्रतिवेदन दिएपछि थप कारबाही गर्ने तयारी गरेको छ।

रास्वपाका सांसद सन्तोष परियारले उनलाई हाल निलम्बन गरिएको र एक सातापछि छानबिन गर्ने बताए। सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रकम माग गरेका थिए। उनले स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नका लागि पार्टीलाई २ करोड बुझाउनुपर्ने भन्दै रकम मागेको अडिओ सार्वजनिक भएको थियो।

सांसद श्रेष्ठको अडिओ बैशाख १० को उप–निर्वाचनको मुखमा थाहा पाएपछि पार्टी सभापति रवि लामिछानेले उनलाई तत्काल कारबाही गर्ने बताएका हुन।
 

कमेन्ट लोड गर्नुस