सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमालेका केन्द्रिय सल्लाहकार खरेलसहित १० जनाले गरे पार्टी परित्याग 

२०७९ चैत्र २७, ०४:३१ खबर संवाददाता

काठमाडौँः नेकपा एमालेका केन्द्रीय सल्लाहकार नरेश खरेलले नेकपा एमाले पार्टी परित्याग गरेका छन्।

उनले एमाले पार्टीभित्र स्वेच्छाचारिता बढेको भन्दै पार्टी परित्याग गरेको बताएका छन। सोमबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीसहित १० जनाले पार्टी परित्यागको घोषणा गरेका हुन्। पहिले एमाले अध्यक्ष ओलीका विश्वासको पात्र रहेका खरेल एमाले विभाजनपछि ओलीसँग मनमुटाबको अवस्थामा रही आएका थिए।

यसअघि राष्ट्रिय सभा सदस्य रहेका उनले पछिल्लो समय एमालेले नयाँ पुस्तालाई स्थान दिएको र पुराना कार्यकर्तालाई अपमान गर्न थालेको बताउँदै पार्टी परित्याग गरेको बताए। नेता खरेलसहित नेकपा एमालेको विभिन्न जिम्मेवारीमा रहेका हिराप्रसाद पोखरेल, खिना राना मगर, कल्पना पोखरेल, गेहराम भट्टराई, अरुण पोखरेल, महानन्द सहा, भीम प्रसाद लुइँटेल, साजत आलम, आवलोदिन मियाले पार्टी परित्याको घोषणा गरेका हुन्।

सहिद रत्नकुमार वान्तवाको स्मृति दिवसको अवसर पारेर उनीहरुले पार्टी परित्यागेका हुन्। पार्टी परित्यागपछि उनले भने, ‘म स्वतन्त्र बस्छु। अहिले कुनै पार्टीमा जाने सोच बनाएको छैन। तर कम्युनिस्ट आन्दोलन बचाउन  कम्युनिस्ट पार्टीहरू एकता गर्ने अभियानमा लाग्छु।’
 

कमेन्ट लोड गर्नुस