बैतडी समाजको स्वास्थ्य शिविरमा दुई दिनमा साढे १८ सयले सेवा लिए
बैतडी समाज कैलालीले हिजोदेखि पाटनमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा हाल सम्म झण्डै साढे १८ सय जनाले सेवा लिएका छन्। बैतडीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा जारी निःशुल्क शिविरमा एक हजार आठ सय २२ जनाले सेवा लिएको बैतडी समाजले जनाएको छ। समाजका सदस्य जनकराज अवस्थीले पहिलो दिन हिजो आठ सय २५ र दोस्रो दिन आज नौ सय ९७ जनाले सेवा लिएको जानकारी दिए। शिविरमा निःशुल्क औषधी समेत विरतण गरिएको पनि अवस्थीले बताए। यस्तै शिविर अन्तरगत अन्तिम दिन भोली पनि स्वास्थ्य सेवा दिईने बैतडी समाज कैलालीले जनाएको छ।