सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनपी साउद परराष्ट्रमन्त्री बन्दै

२०८० वैशाख २, ०५:५६ खबर संवाददाता

काठमाडौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन्।

साउदले भोलि शपथ लिने तय भएको छ। सत्ता गठबन्धनमा भएको भागवण्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो। तर आन्तरिक भागवण्डा नमिलेका कारण १७ चैतको मन्त्रिपरिषद् विस्तारमा कांग्रेसले चार जना मात्र मन्त्री पठाएको थियो। थप एउटा मन्त्रालय लिएर भागवण्डा मिलाउने प्रयास भइरहेपनि कांग्रेसले बाँकी मन्त्रीको नाम एकै पटक पठाउन भने सकेको छैन।

उपचुनावअघि साउद परराष्ट्रमन्त्री बन्ने छन्। उनको शपथ भोलि दिउँसो ३ बजेका लागि तय भएको छ।
 

कमेन्ट लोड गर्नुस