प्रतिनिधिसभाको बैठक आज बस्दै
२०८० वैशाख ६, ०७:५०
काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक, २०७७ सदनमा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।
कमेन्ट लोड गर्नुस