डोटीको एक क्याम्पसका नेविसंघका नेताद्धारा राजीनामा
धनगढीः डोटीको एक क्याम्पसका नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेताले राजीनामा दिएका छन्।
जिल्लाको बडिकेदार गाउँपालिकाको वीपिनगरमा रहेको केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पसका एकाई कमिटि सभापति महेश बमले पदबाट राजीनामा दिएका हुन्।
उनले क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन, स्थानीय तह लगाएमा पार्टीको नेतृत्व भएपनि सहयोग नभएको भन्दै राजीनामा दिएको बताए। क्याम्पसको विकासका लागि कतैबाट सहयोग नभएकाले सभापतिको पदबाट राजीनामा दिएको उनले बताए। पार्टीका स्थानीय, जिल्ला तथा केन्द्रीय स्तरका नेताहरुले क्याम्पसको विकासका लागि सहयोग नगरेको गुनासो उनको छ।