सुदूरपश्चिम र कर्णाली सरकारको प्राथमिकतामा छ : उपप्रधानमन्त्री खड्का
सुर्खेत: सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली र सुदूरपश्चिम प्रदेश वर्तमान सरकारको प्राथमिकतामा रहेको बताएका छन्। हरेक दृष्टिकोणबाट पछि परेका यी प्रदेशको रूपान्तरणका निमित्त आफू र प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ सकारात्मक रहेको खड्काको भनाइ छ।
शुक्रबार वीरेन्द्रनगरमा पत्रकारसँग कुराकानी गर्दै उनले कर्णालीमा नेपाली सेनाको माध्यमबाट भइरहेका विकासे कामहरूको अनुगमन गर्ने तयारी भइरहेको बताए। खड्काले अहिले अर्थतन्त्र ऋणात्मक भएका कारण सरकारसामु केही समस्या रहेको उल्लेख गरे। यद्यपि अर्थतन्त्रलाई उकास्नतर्फ सरकार अग्रसर रहेको उनको भनाइ छ।