सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेसको पार्टी कार्यालय भवन बनाउन प्रदेश सरकारबाट ४० लाख विनियोजन

२०८० वैशाख ८, ०५:४० खबर संवाददाता

नेपाली कांग्रेस धनुषाको पार्टी कार्यालय भवन निर्माण गर्नका लागि प्रदेश सरकारले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको पाइएको छ।

कांग्रेसका रामसरोज यादव भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका बेला गत वर्ष २०७९÷०८० मै उनले ४० लाख रुपैयाँ विनियोजन गरेका थिए। भवन निर्माणका लागि शुक्रवार शिलान्यास गरिएको छ। मधेश प्रदेश सरकारअन्तर्गत रहेको शहरी विकास तथा भवन निर्माण विभागले उपभोक्ता समितिमार्फत भवन निर्माण गर्न लागेको हो।

शहरी विकास तथा भवन निर्माण विभागका प्रमुख समेत रहेका इन्जिनीयर विनोद यादवका अनुसार मधेश प्रदेश सरकारले विभिन्न संघ–संस्था आदिको भवन निर्माणका लागि बजेट विनियोजन गरेकोमा कांग्रेस धनुषाको पार्टी कार्यालय बीपी स्मृति भवन निर्माणका लागि विनियोजित बजेटबाट काम शुरू गरिएको हो।
 

कमेन्ट लोड गर्नुस