राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार
उपचारका क्रममा भारतको दिल्लीस्थित एम्समा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार भएको छ।
शुक्रबार साँझ दिल्लीस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै स्वास्थ्य सुधारोन्मुख रहेको जनाएको छ। तर, राष्ट्रपतिलाई भएको समस्याबारे भने केही खुलाइएको छैन। राष्ट्रपति पौडेललाई गत बुधबार दिल्ली लगिएको थियो। त्यसदिन पौडेललाई आईसीयूमा राखेर उपचार सुरु गरिएको थियो।
अहिले उनको उपचार आईसीयूमा हो वा होइन भन्ने विषयमा दूतावासले केही खुलाएको छैन।