सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्री देउवा आज डडेल्धुराका योजना अनुगमन गर्दै 

२०८० वैशाख ९, ०८:४८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा आज डडेल्धुराका योजना अनुगमन गर्दै छन्। देउवा प्रदेश सरकारमार्फत निर्माणाधीन योजना अनुगमनमा सक्रिय भएका हुन्।

शुक्रवार प्रदेश सांसद सरस्वती खड्का, मन्त्रालयका सचिवको टोलीसहित मन्त्री देउवाले अनुगमन सुरु गरेका हुन्। शुक्रवार डडेल्धुरा, कञ्चपुर र डोटीका योजना अनुगमन गरेका मन्त्री देउवाले शनिबार डडेल्धुराका योजना अनुगमन गर्ने कार्यक्रम छ। आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया चलिरहेकाले योजनाको अनुगमन गरी सोहीअनुसारको नयाँ योजना तयार गरिने मन्त्री देउवाले बताए।

उनले वर्षौँदेखि ठेक्का भएका योजनाको पनि प्रगति नदेखिएकाले अनुगमन गरी आवश्यक निर्णय लिनुपर्ने बेला आएको बताए। कञ्चनपुर बेदकोट नगरपालिका वडा न १० चौधर नदी दैजीको पुल, बेदकोट नगरपालिका वडा न ४ बालज्योति बगुनखोला पुल, दैजी जोगबुढा जोड्ने सडक निर्माण योजनाको मन्त्रीको टोलीले अनुगमन गरेको छ।

यसैगरी, डडेल्धुरा पर्शुराम नगरपालिका वडा न ९ खानीडाडा खानेपानी, सिचाइँ तटबन्ध, वडान १२ सिद्धानाथ मावि वीरेन्द्र पन्तुराको खेल मैदान निरीक्षण, पर्शुराम नगरपालिकाको कार्यालयमा पालिकाको मागपत्र र स्वागत कार्यक्रम, पर्शुराम नगरपालिका वडा नम्बर–६ सिमखेत रगुन पन्तुर खोला दोभान नदी कटान, वडा न १२ कैनीपानी नदी कटान र तटबन्धन अनुगमन, आलिताल गाउँपालिकाका योजना अनुगमन र डोटीको बुडर जोरायल सडक अनुगमन गरेको छ। यी योजना अनुगमनका क्रममा विभिन्न ठाउँमा ज्ञापनपत्र तथा मागपत्र बुझ्ने कामसँगै जनतासँग अन्तरक्रियासमेत गरिएको छ।
 

कमेन्ट लोड गर्नुस