मुख्यमन्त्री यादवलाई स्पष्टीकरण
काठमाडौँः मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधिएको छ। निर्वाचन आयोगले उननिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आइतवार स्पष्टीकरण सोधेको हो।
बारा जिल्ला क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन भइरहेको अवस्थामा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्नेगरी अनुमतिविना कार्य गरेको र त्यो कार्य निर्वाचन आचारसंहिता विपरीत हुने गरी के कति कारण पचरौता नगरपालिका क्षेत्रमा गएको हो भनेर स्पष्टीकरण सोधिएको छ।