समाजवादी प्रेस सङ्गठनको प्रथम अधिवेशन जेठ २६ र २७ गते काठमाडौँमा हुने
धनगढीः समाजवादी प्रेस सङ्गठन नेपालको आज सचिवालय बैठक बसेको छ।
समाजवादी प्रेस सङ्गठन नेपालको आज बसेको सचिवालय बैठकले आगामी जेठ २६ र २७ गते प्रथम अधिवेशन काठमाडौँमा गर्ने निर्णय गरेको छ। सो बैठकले यही वैशाख मसान्तभित्र सदस्यता अद्यावधिक गर्ने र अद्यावधिक गरेका सदस्यलाई मात्र अधिवेशनमा सहभागी हुन पाउने निर्णय गरेको उपाध्यक्ष प्रकाश खतिवडाले बताए।
बैठकले सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठको संयोजकत्वमा मूल व्यवस्थापन समिति, महासचिव भूपराज खड्काको संयोजकत्वमा साङ्गठनिक प्रतिवेदन लेखन समिति र कोषाध्यक्ष कृष्णराज गौतमको संयोजकत्वमा आर्थिक प्रबन्ध समिति गठन गरेको छ।
नेकपा (एकीकृत समाजवादी) निकट सङ्गठनले कर्णाली प्रदेशको अधिवेशन यही २० वैशाख गते गर्ने भएको छ। भने अन्य छ प्रदेशको अधिवेशन सम्पन्न गरिसकेको छ।