एमालेका सचिव टोपबहादुरका छोरा सन्दीपलाई तीन दिनसम्म हिरासतमा राख्न अदालतको आदेश
धनगढीः नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा पक्राउ परेका सन्दीप रायमाझीलाई अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ।
काठमाडौं जिल्ला अदालतले उनलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएपछि रायमाझीलाई प्रहरीले बुधबार बुटवलबाट पक्राउ गरेको थियो। उनलाई बिहीबार बिहान काठमाडौं ल्याएर जिल्ला अदालतमा पेश गरिएको हो।
रायमाझी नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीका छोरा हुन्। सांसद रायमाझीलाई पनि पक्राउ पूर्जी जारी भएको छ। यद्यपि अहिलेसम्म उनी पक्राउ परिनसकेको प्रहरीले जनाएको छ।