सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारी डाक्टर आजै काममा नफर्किए कारबाही गर्ने चेतावनी

२०७५ चैत्र २६, ०२:४८ खबर संवाददाता

सरकारले आन्दोलनरत सरकारी चिकित्सकहरु मंगलबार काममा नफर्किए आवश्यक सेवा संचालन ऐन अनुसार कारवाही गर्ने चेतावनी दिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले सरकारी डाक्टरहरु मंगलबार दिनभरमा काममा फर्किने अपेक्षा गरिएको बताए। सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा हड्ताल गरी आन्दोलनमा उत्रिएका डाक्टरहरु काममा फर्किए कतिपय मागमा वार्ता हुनसक्ने श्रेष्ठले बताए। मन्त्रालयले सोमबार विज्ञप्तिमार्फत काममा फर्किन आह्वान गरेको थियो। 

सरकारी डाक्टरहरु संघीय सरकार मातहत मात्रै रहनुपर्ने भन्ने माग भने कानुन विपरित रहेको भन्दै सरकारले त्यसमा वार्ता नहुने प्रष्ट पारेको छ। कानुनले नै संघमै रहनुपर्ने भन्ने मागलाई अस्वीकार गरिसकेकाले अन्य विषयमा वार्ता हुनसक्ने प्रवक्ता श्रेष्ठले बताए। प्रदेश र स्थानीय तहमा समायोजन भएर गएपनि चिकित्सकहरुले पाएको अधिकार नरोकिने र वृत्तिविकासमा बाधा नहुने गरी व्यवस्था मिलाउन सरकार तयार रहेको उनले बताए। तर त्यसका लागि सरकारले आन्दोलन फिर्ता गरी काममा फर्किनुपर्नेलाई शर्त बनाएको छ।

यदि मन्त्रलायको अपिल बेवास्ता गरी आन्दोलन जारी राखेमा आवश्यक सेवा सञ्चालन ऐन र अन्य प्रचलित कानुनको अधिनमा रही कारवाही प्रक्रिया अघि बयाउने चेतावनी दिएको छ। आवश्यक सेवा सन्चालन ऐन अनुसार वसरकारले हड्ताल निषेध गरेको ठाउँमा हड्ताल गर्ने वा भाग लिने व्यक्तिलाई ६ महिनासम्म कैद र जागिरबाट समेत बर्खास्त हुने जनाएको छ।

कमेन्ट लोड गर्नुस