वर्तमान सरकारलाई समर्थन गर्छौ, फेरबदल हुदैनः यादव
धनगढीः राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी वर्तमान सरकारकै निरन्तरताको पक्षमा रहेको बताएका छन्।
पूर्वउपप्रधानमन्त्री समेत रहेका उनले सरकार परिवर्तन गर्ने हल्ला चलाएर कसैको पनि हित नहुने जिकीर गरे। रफत सञ्चार क्लबले शनिबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सरकारले सुशासन, विकास र समृद्धिको मुख्य अभिभारालाई पूरा गर्दै लैजानुपर्ने आवश्यकता रहेको औंल्याए। उनले कम्फ्रटेवल मेजरिटी भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिए पनि सरकारलाई फरक नपर्ने तर्क गरे।
’राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिँदैमा सरकारलाई संख्यात्मक हिसाबले खासै फरक पर्दैन। अहिले पनि कम्फ्रटेवल मेजरिटीको सरकार छ। पाँच दलीय गठबन्धनको सरकार हो। र, गठबन्धनसाग पर्याप्त मत छ। संख्या छ,’ उनको भनाइ थियो। अध्यक्ष यादवले सरकार परिवर्तन गरिराख्ने कुरा गलत भएको समेत बताए।
‘सुशासन र विकासको अभियान गतिका साथ अगाडि बढाउने। शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रहरुमा परिवर्तन गरी अगाडि बढाउने मुख्य अभिभारा सरकारको हो। त्यसका लागि सरकारको स्थिरता आवश्यक छ। राजनीतिक स्थिरताका साथ मुलुकलाई अघि बढाउन आफूहरुले वर्तमान सत्तारुढ गठबन्धन निर्माणमा योगदान गरेको उनको भनाइ थियो।
उनले भने, ’मुलुकलाई सम्भावित संकटबाट जोगाउने महत्वपूर्ण अभिभारा अहिलेको सरकारको हातमा छ।