सुदूर नेपाललाई विश्वसँग जोड्दै

सत्ता गठबन्धनको बैठक बस्दै

२०८० वैशाख २३, ०४:५० खबर संवाददाता

धनगढीः सत्ता गठबन्धनको बैठक आज साँझ बस्ने भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का सञ्चार विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए। आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार समर्थन फिर्ता लिएपछिको अवस्था र अन्य विषयमा छलफल हुने बताइएको छ।

समसामयिक राजनीतिक परिस्थितीसँगै आगामी आर्थिक वर्षको बजेटबारे पनि छलफल हुने छ। आजकै बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा समेत छलफल हुने बताइएको छ।
 

कमेन्ट लोड गर्नुस