सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्व गृहमन्त्री खाण घरबाटै पक्राउ

२०८० वैशाख २७, १०:२१ खबर संवाददाता

धनगढीः पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन्। काँग्रेस नेता खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय काठमाण्डौँले बुधवार बिहान उनलाई घरबाटै पक्राउ गरेको हो। 

उनलाई अपराध महाशाखा, बानेश्वर लगिँदै छ। यस प्रकरणमा उनकी श्रीमती तथा सांसद् मन्जु खाँणको नाम पनि मुछिएको छ।

यस प्रकरणमा समातिएका गिराेहकाे एक सदस्यले मन्जु खाँणलाइ ६ कराेड बुझाएकाे भनिएकाे अडियाे सार्वजानिक भएकाे थियाे।

यस प्रकरणकाे अनुसन्धानकाे क्रममा पक्राउ पूर्जी जारी गरिएका नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री टाेपबहादुर रायमाझी भने अझै फरार छन्। प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहार इन्द्रजित राई र पूर्वगृहसचिव टेकनारायण पाण्डे लगायत १० जना पक्राउ गरिसकेकाे छ।

कमेन्ट लोड गर्नुस