भ्रष्टचार विरुद्ध काठमाडौंमा राप्रपाले गर्यो प्रदर्शन
काठमाडौँः राष्ट्रिय प्रजातन्त्र पार्टीले बिहीबार भ्रष्टचारको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ।
काठमाडौंको बसन्तपुरमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन,वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र,वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीलगायत नेता उपस्थित रहेका थिए।
राप्रपाले भुटानी शरणार्थी प्रकरणमा दोषी सबैलाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ भने सडक र सदनमा आफ्नो आवाज बुलन्द पारिरहेको छ।