सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेसको प्रदेश संसदीय दलको प्रमुख सचेतकमा विक्रमसिंह धामी

२०८० जेठ १३, ०९:०८ खबर संवाददाता

धनगढीः कांग्रेसको सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा विक्रमसिंह धामी नियुक्त भएका छन्। कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री कमलबहादुर शाहले धामीलाई प्रमुख सचेतकमा शुक्रवार नियुक्त गरेका हुन्।

दार्चुलाबाट प्रदेश सभा सदस्यमा निर्वाचित धामी कांग्रेसको सुदूरपश्चिम प्रदेश संसदीय दलमा नियुक्त भएको नेपाली कांग्रेस डिलाशैनी गाउँपालिकाका सभापति जयानन्द जोशीले बताए। धामीलाई नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को १ बमोजिम नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक पदमा सोही विधानको दफा १२ अनुसार काम, कर्तव्य र अधिकार प्रयोग गर्ने गरी नियुक्ति गरेको दलका नेता शाहद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ। 

कमेन्ट लोड गर्नुस