सुदूर नेपाललाई विश्वसँग जोड्दै

बजेट विश्वसनीय छैन सांसदः स्वर्णिम वाग्ले

२०८० जेठ २६, ०४:२१ खबर संवाददाता

काठमाडौंः  अर्थमन्त्रीलाई शंकाको लाभ दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले बजेट विश्वसनीय नभएको बताएका छन्।

प्रतिनिधिसभामा बजेटमाथि बोल्दै वाग्लेले विगतदेखि नै बजेट ठूलो आकारको ल्याउने, खर्च गर्न नसकेर मध्यावधिमा घटाउने र पुनः बजेट ल्याउने फेरि थप घटाउने प्रवृतिले निरन्तरता पाएको बताए। “गतवर्ष निकै ठूलो आकार १७ खर्ब ९४ अर्बको बजेट आयो, जुन जीडीपी आकारको ३४ प्रतिशत थियो,” वाग्लेले भने, “मध्यावधिमा १५ खर्ब ५० अर्ब खर्च हुने अनुमान गरियो, अहिले आएर १५ खर्ब पाँच अर्ब खर्च हुने अनुमान गरिएको छ।”

एउटै वर्षमा तीनदेखि चारपटकसम्म बजेटको अनुमान परिवर्तन हुने खर्च त्योभन्दा कम हुने अविश्वसनीय काम हुने गरेको टिप्पणी वाग्लेको छ। “अर्थमन्त्री आफै अर्थशास्त्रको विज्ञ हुनुहुन्छ, त्यसमा बजेट बनाउन तीनजना पीएचडी सल्लाहकार राख्नु भएको थियो,” वाग्लेले थपे, “बजेट भने वास्तविक आकारको आएको छैन, यसले समस्या निम्ताउने छ।”
 

कमेन्ट लोड गर्नुस