राष्ट्रहित विपरितका काम रोक्न शसक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्छौंः रवि
काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रहित बिपरितका काम हुन नदिन संसदमा शसक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्।
शनिबार काठमाडौंमा रास्वपा अर्घाखाँची–काठमाडौं सम्पर्क भेलालाई सम्बोधन गर्दै लामिछानेले संसदमा आफ्नो पार्टीको २१ जना सांसद भएपनि राष्ट्रहित बिपरितका काम हुन नदिन शसक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्न प्रयाप्त भएको बताएका हुन्।
उनले सरकारका राम्रा कामको समर्थन गर्दै देशहित बिपरितको कार्यलाई खवरदारी गरिरहने बताए।