सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चममा एमालेको प्रमुख सचेतकमा पाल र सचेतकमा साउँद

। फोटो स्रोत ।
२०८० जेठ २८, ०२:४२ खबर संवाददाता

धनगढीः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रमुख सचेतक र सचेतक चयन गरेको छ। एमालेको सुदूरपश्चिम संसदीय दलको बैठकले प्रमुख सचेतकमा सुरेन्द्र पाल र सचेतकमा निर्मलादेवी साउँदलाई चयन गरेको हो।

आइतवार बसेको संसदीय दलको बैठकले गत मंसिर ४ मा भएको निर्वाचनमा बैतडीको प्रदेशसभा १ बाट निर्वाचित पाललाई प्रमुख सचेतक चयन गरेको छ। उनी एमाले बैतडी जिल्ला कमिटि अध्यक्ष पनि हुन्।

सचेतकमा चयन भएकी साउँद भने डोटीबाट समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्यमा चयन भएकी थिइन्।
 

कमेन्ट लोड गर्नुस