सुदूर नेपाललाई विश्वसँग जोड्दै

हामीले चाहेमा एक हप्ताभित्र सरकार ढल्छः एमाले सचेतक बर्तौला

२०८० असार ६, ०५:४५ खबर संवाददाता

काठमाडौंः  नेकपा एमालेका सचेतक महेश बर्तौलाले एमालेले चाहेमा एक हप्ताभित्रमा सरकार ढाल्न सक्ने दावी गरेका छन्।

बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीसँग सचेतक बर्तौलाले एमालेले चाहेमा एक हप्ताभित्र सरकार ढाल्ने दावी गरे। उनले यो सरकारको आयु प्रत्येक एक दिनका लागि भएको बताए। बर्तौलाले एमालेले आफ्नै सामर्थ्य र जनताको आदेशका आधारमा संसदमा भूमिका निर्वाह गर्ने बताए। ‘नेकपा एमालेले यस प्रकारको मोर्चा बनाएर हिँड्नुपर्ने जरुरी छैन।’

एमाले आफ्नो सामर्थ्यका साथ, जनताले दिएको म्याण्डेटको बलमा संसदमा आफ्नो भूमिका निर्वाह गरिरहेको छ। नागरिकहरुको मुद्दालाई केन्द्रमा राखेर, राष्ट्रहितलाई केन्द्रमा राखेर हाम्रो उपस्थिति देखाइरहेका छौँ। यो सरकार ढाल्न हामीले कुनै मेहनत गर्नुपर्दैन‚’ उनले भने‚ ‘नेकपा एमालेले चाहेर यसलाई ढाल्नका लागि प्रयत्न गर्ने हो भने हामी एक हप्ता भित्रमा यो सरकारलाई ढाल्न सक्छौँ।

उनले सरकार एमालेको प्रयत्नले ढल्ने नभइ गठबन्धनभित्रकै अन्तरविरोध, असमझदारी र अविश्वासले ढल्ने दावी गरे। उनले एमालेले प्रतिपक्षी दलहरुको मोर्चा नबनाउने पनि स्पष्ट पारे।
 

कमेन्ट लोड गर्नुस