सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्व बैंकर अनिल केशरी शाह रास्वपा प्रवेश

२०८० असार ७, १२:४५ खबर संवाददाता

काठमाडौंः पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। बिहीवार रास्वपाको पहिलो वार्षिकउत्सवको अवसरमा अनिल केशरी शाहले पार्टी प्रवेश गरेका हुन्।

उनलाई पार्टी कार्यालय बालाजुमा रास्वपा अध्यक्ष रवि लामिछानेले स्वागत गरेका छन्।

बैंकर शाह गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले निकट देखिएका थिए। उनी एमालेको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा समेत सहभागी भएका थिए।

प्रतिनिधि सभा निर्वाचनपछि रास्वपसँग निकट देखिएका बैंकर शाह बिहीवार औपचारिक रुपमा पार्टी प्रवेश गरेका हुन्।
 

कमेन्ट लोड गर्नुस