सुदूर नेपाललाई विश्वसँग जोड्दै

लोक दोहोरीका स्टेज किङ नविनको बाँचुन्जेली रमाइलो गर्ने रहर

२०७५ वैशाख १९, ०६:४३

नेपाली लोक दोहोरीमा स्टेज किङको रूपमा चिनिएका पाल्पाका लोक दोहोरी गायक नबिन पौडेलको यतिबेला ‘दुई दिनको चोला’मा बोलको गित चर्चामा छ । हुर्किएकी छोरीलाई जोगाउनै गारो गीत बजारमा ल्याएपछि चर्चामा रहेका गायक पौडेल यतिखेर भने दुई दिनको चोला बोलको गित बजारमा ल्याएर चर्चामा छन् ।

जीवन र दर्शन सम्बन्धि उक्त रमाइलो गीतमा गायिका भूमिका शाहलाई गथायक पौडेलले बाँचुन्जेल रमाइलो गर्नी हो रमाइलो गरम वर आउ भनेका छन् । उक्त गीतमा लय शब्द नबिन पौडेलको नै रहेको छ । उक्त म्युजिक भिडियोमा नबिन पौडेल, भूमिका शाह, प्रशान्त पौडेल काजोल त्रिखातिको अभिनय रहेको छ ।

भिडियोलाई प्रशान्त पौडेलले निर्देशन गरेका छन् भने सम्पादन मनोज कार्कीले गरेका छन् । पूर्ब मेचीदेखि पश्चिमको महाकालीसम्मका स्थानमा हुने मेला महोत्सवमा पौडेल धेरैको रोजाईमा पर्छन् ।

 

कमेन्ट लोड गर्नुस