अमेरिकामा नेपाली नर्सको क्यान्सरबाट मृत्यु
काठमाडौंः अमेरिकामा एक नेपाली नर्सको मृत्यु भएको छ। ६ महिनाअघि मात्रै अमेरिका पुगेकी नर्स इनु योल्मोको न्युयोर्कमा क्यान्सरबाट निधन भएको छ। ईलाम नाम्सालिङकी इनु योल्मोको माउन्ट साइनाई अस्पतालमा मृत्यु भएको हो।
उनको मृत्युपछि लास नेपाल ल्याएर अन्तिम संस्कार गर्ने परिवारको चाहनाअनुसार सहयोग जुटाउन थालिएको छ। ह्योल्मो सोसाईटी अफ अमेरिकाले उनको अन्तिम संस्कारका लागि आर्थिक सहयोग जुटाउन गोफन्डमीको सहायता लिइएको छ। उनी रोजगारमा आधारित तेस्रो श्रेणीको ग्रिनकार्डमा अमेरिका पुगेको बताइएको छ। निकै पेट दुख्न थालेपछि चेकजाँच गराउँदा आन्द्राको क्यान्सरको देखिएको थियो।