सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका ५४ प्रहरी हटाइए 

२०८० चैत्र १, ०५:०० खबर संवाददाता

काठमाडौँः लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत ५४ प्रहरी कर्मचारीहरू हटाइएका छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ५४ जना प्रहरीहरूलाई हटाएको हो। उनीहरूको ठाउँमा अरूलाई नै पठाएको प्रवक्ता एवं एसएसपी दिनेशराज मैनालीले बताए।

उनका अनुसार आवश्यकताको सिद्धान्त अनुसार उक्त सरूवा गरिएको हो। प्रहरी कर्मचारीहरू पाँच वर्षभन्दा बढी समय बसेकाहरू समेत छन्। प्रहरी कर्मचारीहरूलाई एकै ठाउँमा लामो समय राख्नुभन्दा विभिन्न क्षेत्रमा खटाउने प्रावधान रहेको उनी बताउँछन्।
 

कमेन्ट लोड गर्नुस