सुदूर नेपाललाई विश्वसँग जोड्दै

इलाम–२ मा पहिचानवादीका तर्फबाट डकेन्द्रसिंह उम्मेदवार

२०८० चैत्र १, ०६:०१ खबर संवाददाता

इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनमा पहिचानवादीले डकेन्द्रसिंह थेगिम लिम्बूलाई उठाउने निर्णय गरेको छ।

प्रदेश नम्बर एक पुनः नामकरण संयुक्त संघर्ष समितिले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लिम्बूलाई उम्मेदवार घोषणा गरेको हो। उम्मेदवार घोषणा गरिएका लिम्बू  संघर्ष समितिका अध्यक्ष समेत हुन्। फागुन ३० गते बसेको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो।

उपनिर्वाचनलाई आन्दोलनकै रूपमा उपयोग गर्ने गरी डकेन्द्रसिंह थेगिम लिम्बूलाई साझा उम्मेदवार बनाउने निर्णय गरेका छौं,’ समितिले पत्रकार सम्मेलनमा जानकारी गराएको हो। इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। त्यसका लागि चैत २४ गते उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन आयोगले चुनावी तालिका पनि सार्वजनिक गरिसकेको छ।
 

कमेन्ट लोड गर्नुस