सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईसीसीका अध्यक्ष बार्कले नेपालमा

२०८० चैत्र ५, ०६:०९ खबर संवाददाता

काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले सोमवार नेपाल आइपुगेका छन्।

आज (सोमवार) ४ बजे नेपाल आइपुगेका उनलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले स्वागत गरेका थिए। नेपाली क्रिकेट विकास गर्न सहयोग गर्ने उनले बताएका छन्। उनी चैत ८ सम्म नेपालमा बस्नेछन्।

उनले नेपालमा टीयू र मूलपानी क्रिकेट मैदान भ्रमण गर्नेछन्। त्यस्तै नेपाल भ्रमणमा उनले प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुद मन्त्रीलाई पनि भेट्ने कार्यक्रम छ। यी सबै सकेर चैत ८ मा फर्किनेछन्। उनी भारतबाट नेपाल आएका हुन्।

नेपालले २०२७ मा आईसीसी वुमन्स यु–१९ विश्वकप आयोजना गर्दैछ। त्यसको लागि उनले मूलपानी र टीयूको मैदान निरीक्षण गर्नेछन्। ‘उनले भोलि मैदानको निरिक्षण गर्नेछन्। भोलि नै प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन र खेलकुद मन्त्री विराजभक्त श्रेष्ठसँग भेट्ने कार्यक्रम छ’, क्यानका कोषाध्यक्ष पदम खड्काले बताए।
 

कमेन्ट लोड गर्नुस