सुदूर नेपाललाई विश्वसँग जोड्दै

लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता ल्याउन सरकारले पहल गर्ने

२०८० चैत्र ७, ०१:०२ खबर संवाददाता

काठमाडौंः पाँच दलीय गठबन्धनले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्तालगायत क्षेत्रमा अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन कूटनीतिक पहल गर्ने प्रतिबद्धता जनाएको छ।

पाँचदलीय सत्ता गठबन्धनले हिजो सार्वजनिक गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमा यसबारे उल्लेख छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सार्वजनिक गरिएको १२ विषयको संकल्प प्रस्तावमा सीमाको प्रभावकारी व्यवस्थापन गर्ने प्रतिबद्धता जनाइएको हो।

यस्तै सरकारले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अगाडि बढाउने संकल्प गरेको छ। दलहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता नियामक निकायलाई कानुन, जनशक्ति, स्रोत र साधनसहित अधिकारसम्पन्न बनाई भ्रष्टाचार नियन्त्रण र सदाचारको प्रत्याभूति गराउने पनि प्रतिबद्धता जनाएका छन्।

कमेन्ट लोड गर्नुस