लिवियाबाट १५ जना नेपालीको उद्धार
अवैद्ध रुपमा लिविया पुर्याइएका १५ जना नेपालीको उद्धार गरिएको छ। रोजगारीको आश्वासन दिएर लिविया र्पुयाइएका उनीहरुलाई ट्रिपोलीबाट उद्धार गरि अन्तराष्ट्रिय श्रम संगठनमा (आइओएम) मा राखिएको कायरोस्थित नेपाली दुतावासले जनाएको छ।
उनिहरुलाई डर त्रास देखाएर काममा लगाएको र नेपाल फर्कन खोज्दा राहदानी नदिएको बताईएको छ। सबै कामदारलाई शरण दिइरहेको आइओएमले नै नेपाल फर्कने हवाई टिकटको प्रबन्धसमेत गर्ने जनाइएको छ।