सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा भोलि सार्वजनिक बिदा

२०८० चैत्र २८, ०२:२८ खबर संवाददाता

काठमाडौं : इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल फित्र भोलि चैत २९ गतेका लागि परेको छ। इस्लाम धर्मालम्बीहरूको यस पर्वको अवसरका सरकारले भोलिका लागि सार्वजनिक बिदा दिएको छ।

बुधवार गृह मन्त्रालयले एक सूचना जारी गर्दै भोली बिहीबारका लागि सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो।

चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ।


 

कमेन्ट लोड गर्नुस