डडेल्धुरामा एक जनाको गोठमा आगलागी
डडेल्धुराः डडेल्धुरामा एक जनाको गोठमा आगलागी भएको छ।
जिल्लाको परशुराम नगरपालिका–५ लामिखालका गोरख नाथको गोठमा आगलागी भएको हो। आगलागीबाट एक गाइको बाच्छि जलेर मरेको छ भने गाई घाइते भएको छ।
नाथका सुस्त मनस्थिती भएका १२ वर्षीय छोरा उद्धव नाथले आगो खेल्नेक्रममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक कुसुम नायकले बताए। घटनाको पुर्ण विवरण आउँन बाकि छ।