कश्मीरमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार
काठमाडौंः नेपालबाट मजदुरीका लागि भारतको कश्मीर पु¥याएर बन्धक बनाइएका ३५ नेपालीको उद्धार गरिएको छ। सर्लाही, महोत्तरी, धनुषाका नेपाली मजदुरहरूलाई दैनिक ११ सय (नेपाली रुपैयाँ) ज्याला पाउने गरी ठेकेदारले जम्मु पु¥याएका थिए। तर, उनीहरूलाई कश्मीरको श्रीनगर बडगांग पु¥याइयो।
त्यहाँ भारतीय ठेकेदारले नेपाली मजदुरहरूलाई श्रमशोषण र यातना दिएर काममा लगाइरहेका थिए। उनीहरुलाई कुटपिट गर्ने अमानवीय व्यवहार गर्ने र तीन महिनादेखि पारिश्रमिक नदिएको गरेका थिए।सामाजिक कार्यमा संलग्न सर्लाहीका सरोज रायसमक्ष यो सूचना पुगेपछि उनले उद्धारको पहल गरेका थिए।
दिल्लीस्थित नेपाली दूतावास र किन इन्डिया संस्थाको समन्वयमा कश्मीरबाट मजदुरहरूको उद्धार गरी दिल्ली ल्याइएको रायले बताएका छन्। उद्धार गरिएकामा सबैभन्दा बढी महोत्तरीका २३ जना छन्। ६ जना नाबालिग रहेको रायको भनाइ छ।