सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा हावाहुरीका कारण रुख खस्दा २ जना घाइते

२०८१ जेठ ८, ०५:५०

धनगढी : डडेल्धुरामा हावाहुरीका कारण रुख खसेपछि दुई जना घाइते भएका छन्। जिल्लाको भागेश्वर गाउँपालिका–३ मा सल्लाको खोटो सङ्कलनका लागि गएका दुई जना सोमवार राति घाइते भएका हुन्। 
कैलालीको गोदावरी नगरपालिका–२ तेघरीका चक्र सिजाली मगर र डोटीको जोरायल गाउँपालिका–४ पातलका ४१ वर्षीय उधव सिजाली मगर माथि सल्लाको रुख खसेको हो।

डडेल्धुरा प्रहरीका अनुसार चक्रको टाउको र ढाडमा चोट लागेको छ। उधवको दुबै खुट्टा र टाउकोमा चोट लागेको छ। डडेल्धुरा अस्पतालमा सामान्य उपचारपछि उनीहरुलाई धनगढी ल्याइएको छ।

कमेन्ट लोड गर्नुस