कञ्चनपुुरमा लागुऔषध मुद्धाका फरार दोषी पक्राउ
कञ्चनपुुरः कञ्चनपुुरमा लागुऔषध मुद्धाका फरार दोषी पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–२ उल्टाखामका लोकेश शाह पक्राउ परेका छन्। उनलाई जिल्ला अदालतले २०७९ पौषमा लागुऔषध मुद्धामा ४ महिना १० दिन कैद र २ हजार जरिवाना तोकेको थियो।
सोहि दिनबाट फरार रहेका शाह आज पक्राउ परेको जिल्ला प्रहरी कार्याल कञ्चनपुरका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले बताए।