भोटेकोशी बाढीपीडितका लागि भारतमा रहेका डडेल्धुराका युवाहरूले गरे सहयोग
धनगढी: भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारका लागि समृद्धि युवा बचत समूहमा आबद्ध युवाहरूले सहयोग गरेका छन्।
डडेल्धुराको परशुराम नगरपालिका–३, सिमल्टाका घर भई रोजगारीका लागि भारतमा रहेका युवाहरूले समृद्धि युवा बचत समूहमार्फत प्रधानमन्त्री राहत कोषमा १२ हजार ४४० रुपैयाँ सहयोग गरेका हुन्।
समृद्धि युवा बचत समूहका अध्यक्ष तपराज विष्टका अनुसार विपद्को समयमा राज्य र प्रभावित नागरिकलाई आफ्नो सामर्थ्यअनुसार सहयोग गरिएको हो।
‘रकम सानो भए पनि बाढी तथा विपद्बाट प्रभावित परिवारलाई केही राहत पुग्ने विश्वास छ,’ अध्यक्ष विष्टले भने।
उनले विपद्को समयमा राज्यले गरेको अपिललाई सबै नागरिकले आफ्नो दायित्वका रूपमा लिएर सक्दो सहयोग गर्नुपर्ने बताए।