कञ्चनपुरसम्म पूर्वपश्चिम राजमार्ग चार लेनको बनाइने
२०८१ जेठ १५, ०४:४०
धनगढी: नेपाल सरकारले पूर्वपश्चिम (महेन्द्र) राजमार्गलाई चार लेनको बनाउने भएको छ। सङ्घीय सरकारको २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री वर्षमान पुनले कमला–कञ्चनपुर महेन्द्र राजमार्ग चार लेनको विस्तार गरिने बताए। उनले आगामी आर्थिक वर्षमा पूर्व पश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड बजेट विनियोजन गरिएको बताए।
कमेन्ट लोड गर्नुस