सुदूर नेपाललाई विश्वसँग जोड्दै

गृहमन्त्री रवि लामिछानेको अभिव्यक्तिमा प्रधानमन्त्री प्रचण्डसँग जवाफ माग 

२०८१ जेठ २०, ०२:००

काठमाडौंः गृहमन्त्री रवि लामिछानेको अभिव्यक्तिमा प्रधानमन्त्री प्रचण्डसँग जवाफ माग गरेको छ।

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताहरू लक्षित गर्दै दिएको अभिव्यक्तिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग गरेको हो। आज प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद् एवं महामन्त्री गगन थापाले गृहमन्त्री लामिछानेले लगाएका आरोपहरूको अपनत्व प्रधानमन्त्रीले नै लिनुपर्ने बताए। यही जेठ ६ गतेको प्रतिनिधि सभाको बैठकमा थापालाई लक्षित गर्दै गृहमन्त्री लामिछानेले विदेशीलाई सूचना बेचेको गम्भीर आरोप लगाएका थिए।

कमेन्ट लोड गर्नुस