बैतडीको एक गोठमा आगलागी
२०८१ असार १९, ०८:०६
बैतडीः बैतडीको एक गोठमा आगलागी भएको छ। जिल्लाको सुर्नया गाउँपालिका–३ डुङ्ग्रीशका हिक्मत ऐरीको गोठमा बिजुलीको तार सर्ट भई मंगलवार आगलागी भएको हो।
आगलागी हुँदा गोठ भित्र रहेको एउटा खसिको मरेको छ भने काठ, खर लगायतका सामान गरी अन्दाजी १ लाख २० हजार मुल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिई सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस