सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाम काङ्ग्रेसका नेता ठगी आराेपमा पक्राउ

२०८१ माघ २३, ०५:०४

काठमाडौंःअछाम काङ्ग्रेसका नेता ठगी आराेपमा पक्राउ परेका छन्।

मानव तस्करी तथा ठगीको अभियोगमा नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर २ प्रदेशसभा (क) निर्वाचन क्षेत्रीय सभापति ताराप्रसाद खनाल लाइ पक्राउ गरिएको हो। उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले सोमबार काठमाडौंको महाराजगञ्जले पक्राउ गरेको एसएसपी दिपेन्द्र जिसीले जानकारी दिए। उनको साथबाट २ करोड ७० लाखको चेक समेत बरामद भएको छ। विभिन्न देशमा रोजगारीमा पठाइदिन्छु भनी करोडौं ठगी गरेको अभियोगमा उनीमाथि अनुसन्धान भइरहेको छ। पीडितहरुको जाहेरीका आधारमा पक्राउ गरिएको जिसीले बताए। 
 

कमेन्ट लोड गर्नुस