सुदूर नेपाललाई विश्वसँग जोड्दै

चोरीको मोबाइल लिन दुई समूहबीच झडप, एक जनाको मृत्यु 

२०८१ माघ २९, ०२:०४

काठमाडौँः चोरीको मोबाइल लिन दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–७ स्थित चाबहिलको कुमारीगालमा मोबाइलको विषयमा झगडा हुँदा २३ वर्षीय अमृत भनिने संघर्ष कार्कीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी अपिलराज बोहोराले बताए। उनका अनुसार कुनै व्यक्तिको एउटा समूहले चोरेको मोबायल अर्को पक्षले देख्छ, त्यो मोबाइल समाउनका लागि अर्को पक्ष जाँदा भएको झगडामा ती व्यक्तिको ज्यान गएको हो।

‘यो घटनालाई हामीले समााजको बिम्बको रुपमा पनि लिएका छौं,’ एसपी बोहोराले भने। झडपमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा युनिक लामा भनिने न्युतु शेर्पा, १९ वर्षीय क्षितिज कार्की र विशाल तामाङ रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई ५ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ।
 

कमेन्ट लोड गर्नुस