२७ सयले घटेको सुनको भाउ फेरि दुई हजार तीन सयले बढ्यो
काठमाण्डौः २७ सयले घटेको सुनको भाउ फेरि दुई हजार तीन सय रुपैयाँले बढ्ेको छ।
सुनको भाउ आज एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँले बढेर आज तोलाको एक लाख ६९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
हिजो सुनको भाउ तोलामा दुई हजार सात सय रुपैयाँले घटेर तोलाको एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ।
आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर एक हजार नौ सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ३० रुपैयाँमा कायम भएको थियो।