सुदूर नेपाललाई विश्वसँग जोड्दै

टेलिग्राम प्रयोग गरेर साइबर अपराध

२०८१ फाल्गुन ६, ०६:४७ खबर संवाददाता

काठमाडौं: यो आर्थिक वर्षको ६ महिनामा १० हजार सात सय ७६ वटा साइबर अपराधसँग जोडिएका उजुरी दर्ता भएका छन्।

गृह मन्त्रालयका अनुसार सामाजिक सञ्जालको दुरुपयोग गरेर अपराध गर्नेहरूले सबैभन्दा बढी टेलिग्राम प्रयोग गरेको पाइएको छ । कुल एक हजार एक सय ८७ वटा निवेदन टेलिग्रामसँग जोडिएको दर्ता भएका छन्। 

यस्तै, फेसबुक प्रयोग गरेर एक हजार ९८, इन्टाग्राम प्रयोग भएका सात सय ३१ र टिकटकसँग जोडिएका एक सय ५३ वटा निवेदन दर्ता भएका छन्। आव २०८०/८१ मा कुल १९ हजार सात सय ३०, आव २०७९/८० मा नौ हजार १३ वटा साइबर अपराधसँग जोडिएका निवेदन दर्ता भएका मन्त्रालयले जनाएको छ।  

कमेन्ट लोड गर्नुस